Connect with us
Kapilvast Forest

नेपालले अफगानिस्तानलाई हरायाे, सुपर सिक्समा प्रवेश

२०८०, १२ माघ शुक्रबारमा प्रकाशित

काठमाडौँ- नेपाल आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई हराउदै सुपर सिक्समा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा स्थान पक्का गरेको हो ।

अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्‍यो ।

नेपालको जितका लागि कप्तान देव खनालले ५८ रनको योगदान दिए । ७ चौका प्रहार गर्दै उनले ५८ रनको योगदान दिएका हुन् ।

अर्का ब्याटर दीपक बोहराले २७ रन बनाए । ४ चौका प्रहार गरेका दीपकले ४२ बलको सामना गर्दै २७ रन जोडेका थिए ।

नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो ।

नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा अल आउट गरेको थियो । नेपालका तर्फबाट आकाश चन्दले अफगानिस्तानका महत्वपूर्ण पाँच विकेट लिए । यसैगरी दिपेश कँडेलले २, गुल्सन झा तथा तिलक भण्डारीले १-१ विकेट लिएका थिए ।

टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu