Connect with us
Kapilvast Forest

बिगुलको १२औँ वार्षिक साधारण सभा सम्पन्न

२०८०, १३ माघ शनिबारमा प्रकाशित

बिगुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा नं ३ मदवामा रहेको बिगुल सहकारीका अध्यक्ष भिम प्रसाद खनालको अध्यक्षता तथा कपिलवस्तु बचत तथा ऋण सहकारी सघंका पुर्व अध्यक्ष उमेश पौडेलको प्रमुख आतिथ्यतामा सभारण सभा सम्पन्न भएको हो ।

सभामा अध्यक्ष खनालले सस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०६९ सालबाट सुरुभएको सस्थामा हाल ३६९ सेयर सदस्य रहेको र सस्थाको सेयर पुँजी रु ९२ लाख १५ हजार, कुल बचत रु ३ करोड ५५ लाख १० हजार ५०९ र ऋण लगानी ४ करोड ४९ लाख ८७ हजार ९ सय २९ रहेको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

अध्यक्ष खनालले सहकारीको सेयर पुँजि र सस्थाको नाफामा बृद्धि गर्न सफल भएको बताउदै सहकारीबाट ऋिण लिएर उत्पादनशिल क्षेत्रमा लगानि गरी स्व रोजगार तथा आत्मनिर्भर बन्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथी कपिलवस्तु बचत तथा ऋण सहकारी सघंका पुर्व अध्यक्ष उमेश पौडेलले उत्पादनसिल सहकारीले देशको अर्थव्यवस्था मजबुत बनाउने हुदा सहकारीलाइ उत्पादन मुखि र सफल सहकारीको रुपमा स्थापित गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

सहकारीले बचत गर्ने बानीको बिकास गरेको हुदा समाजका कुना कुनामा पुगेर सहकारीको ज्ञान बाड्न आवश्यक रहेकोमा जोड दिदै बिगुल सहकारीलाइ उत्कृष्ट सहकारीको रुपमा स्थापित गर्ने गरी काम गर्न आग्रह गनुभयो ।

कार्यक्रममा शिवराज नगरपालिका वडा नं ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, व्यापार सघं केन्द्रिय सदस्य महादेब पोख्रेल, चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डे, अरनिको बचत तथा ऋण सहकारीका अध्यक्ष दोर्ण प्रसाद उपाध्याय लगायतले शुभकामना मन्तव्य राख्दै सहकारीले उत्पादनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

सभामा सस्थाका कोषाध्यक्ष संकर मल्लले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा सहकारीका पुर्व अध्यक्षहरु, विभिन्न सघं संस्थाका प्रमुख तथा प्रतिनिधी, संचालक समितिका सदस्य तथा सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu