Connect with us
Kapilvast Forest

ग्रीस पठाइदिन्छु भनेर ६९ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

२०८०, ८ चैत्र बिहीबारमा प्रकाशित

pakrau

ग्रीस पठाइदिन्छु भनेर ६९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा महोत्तरीको गौशाला नगरपालिका–१२ का २३ वर्षीय निशेष कुमार मुक्तान र गोरखाको धार्चे गाउँपालिका–५ का २० वर्षीया विनिता गुरुङ छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई मंगलबार बसुन्धाराबाट पक्राउ गरेको हो ।

उनीहरु दुई जना मिलेर १२ जनालाई ग्रीस पठाइदिन्छु भनेर उनीहरुबाट ६९ लाख ३० हजार लिएर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu