Connect with us
Kapilvast Forest

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

२०८०, ८ चैत्र बिहीबारमा प्रकाशित

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका –१० धरम्पानीमा लु. ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका –९ राजुपानी निवासी १४ वर्षीय सन्दीप बिक रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रतीकसिंह राठोरले जानकारी दिनुभयो ।

राठोरका अनुसार मुढा बोकेको ट्याक्टर आदर्श आधारभूत विद्यालयको घुम्तीमा ट्रली फुत्किएर दुर्घटना भएको जनाइएको छ । ट्रलीमा रहेका काठका मुढाले च्यापिएर बिकको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu