Connect with us
Kapilvast Forest

पाल्पाका सबै पालिकामा क्षयरोगी

२०८०, १० चैत्र शनिबारमा प्रकाशित

पाल्पामा दुई सय बढी क्षयरोगी भेटिएका छन् । जिल्लाको दश वटै पालिकामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । चालु आवको नौ महिनाको अवधिमा जिल्लाभर २२७ जना क्षयरोगी पत्ता लागेको कार्यालयका प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

गत वर्ष ३३४ जना क्षयरोगी फेला परेकामा यो वर्ष नौ महिनामा २२७ जना फेला परेको र तिनीहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । नौ महिनाको अवधिमा सबैभन्दा बढी तानसेनमा ४५ जना, रामपुरमा ४१ जना, निस्दीमा ३१ जना क्षयरोगी फेला परेका छन् । यस्तै माथागढीमा २३ जना, रैनादेवी छहरामा २५, पूर्वखोलामा १७, रम्भामा १५, रिव्दीकोटमा १० तिनाउमा १४ जना क्षयरोगी भेटिएको कार्यालयका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो ।

जिल्लामा क्षयरोग लागेका ९५ प्रतिशत रोगी निको भएका छन् । गत वर्ष क्षयरोग पत्ता लागेका बिरामीमध्ये अधिकांश निको भएको अधिकारीले बताउनुभयो । गत वर्ष ३३४ जनामा २५ जनाको क्षयरोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी रैनादेवी छहराका छ जना, तानसेन र रामपुरका पाँच÷पाँच जना रहेका छन् । अन्य पालिकामा समेत क्षयरोगीको मृत्यु भएको थियो । क्षयरोग लागेका सात प्रतिशत भन्दा बढीको मृत्यु भएको छ । क्षयरोग देखिएपछि नियमित औषधि सेवन नगर्ने र स्वास्थ्य जाँच गर्न नआउने बिरामीको मृत्यु भएको छ ।

क्षयरोग लागेकामध्ये अधिकांश बिरामीको फोक्सोमा सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो वर्ष क्षयरोग लागेका २२७ मध्ये १३८ जनालाई फोक्सोमा र ७३ जनालाई अन्य भागमा क्षयरोगको जीवाणु भेटिएको छ । क्षयरोगी पत्ता लगाउन लक्षण देखिएकामा नियमित खकार जाँच साथै अन्य स्वास्थ्य परीक्षण गरिएको कार्यालय प्रमुख गिरीले बताउनुभयो ।

जिल्लाका सबै पालिकामा खकार जाँच गर्ने उपकरण रहेको छ । क्षयरोगको शङ्का लागेका बिरामीलाई पालिकामै खकार जाँच गरेर नियमित निःशुल्क उपचार तथा औषधिको व्यवस्था गरिएको जिल्लाका पालिकाहरू जनाएका छन् । क्षयरोगीले नियमित औषधि सेवन गरेमा छ महिनादेखि नौ महिनामा निको हुने भए पनि रोगीको लापरबाहीले क्षयरोगीको मृत्यु हुने गरेको छ भने केही रोगी पुन सङ्क्रमित हुने गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu