Connect with us
Kapilvast Forest

नेपालगन्जमा तीन हजार बढी मुस्लिमद्वारा सामूहिक रोजा इफ्तार

२०८०, ११ चैत्र आईतवारमा प्रकाशित

मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा नेपालगन्जमा तीन हजार बढी जनाले एकै ठाउँमा सामूहिक रोजा इफ्तार गरेका छन् । रमजान महिनाको ११ औँ दिनको बेलुका शुक्रबार साँझ साढे ६ बजे नेपालगन्जका तीन हजार बढी इस्लाम धर्मावलम्बीले वडा ५ स्थित वडा प्रहरी कार्यालयनजिकको सडकमा सो सामूहिक इफ्तार गरेका हुन् ।

नेपालगन्जमा यो नै हालसम्मको सबैभन्दा धेरै जना सहभागी भएको इफ्तार कार्यक्रम भएको जनाइएको छ । नेपालगन्ज उपमहानगरपालिका–५ का वडा अध्यक्ष सराफत हुसेन शेषको नेतृत्वमा सो सामूहिक इफ्तार कार्यक्रम गरिएको थियो ।

इफ्तार कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य आदेश अग्रवाल, नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दीन राई, वडा २० का वडा अध्यक्ष कौशल धोबीलगायतको सहभागिता थियो ।

सो अवसरमा प्रदेश सभा सदस्य अग्रवालले सामूहिक इफ्तार कार्यक्रमले समुदायमा मात्र नभई विभिन्न धर्मावलम्बीमा पनि एकता र सदभाव रहेको सन्देश दिएको बताउनुभयो ।

सोही प्रकारले नेपालगन्जका मेयर विष्टले यति धेरै जना सहभागी सामूहिक इफ्तार कार्यक्रमले नेपालगन्जलाई सामाजिक एवम् धार्मिक सद्भावको सहरको रूपमा विश्वभर चिनाउन मद्दत गरेको बताउनुभयो ।

यस्तै, नेपालगन्जका उपमेयर राईले रमजानको महिना प्रेम, सदभाव र त्यागको महिना भएकाले यो महिनाभरी गरिने हरेक कार्य सराहनीय हुने बताउनुभयो । इफ्तार कार्यक्रमका आयोजक वडा ५ का वडा अध्यक्ष शराफत शेषले सामूहिक रोजा इफ्तारका लागि नजिक कुनै ठुलो खाली ठाउँ नरहेकोले सडकको छेउमा गर्नु परेको जनाउँदै यसबाट कसैलाई भएको कुनै अवरोध बाधाप्रति दुःख व्यक्त गर्नुभयो ।

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान फागुन २९ गतेदेखि सुरु भएको छ । एक महिनासम्म मुस्लिम समुदायले बिहान सूर्य उदाउनुभन्दा पहिलेदेखि बेलुका सूर्य अस्ताउने समयसम्म पानी नखाई निराहार व्रत बस्ने गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu