Connect with us
Kapilvast Forest

बाघले चारवटा गाई मार्‍यो

२०८०, १३ चैत्र मंगलवारमा प्रकाशित

पूर्वी मकवानपुरमा बाघले चारवटा गाई मरेको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नं. ७ मनसाही जरायोटारस्थित मनकामना सामुदायिक वनमा चरनामा रहेका ती गाईलाई बाघले मरेको हो ।

स्थानीय ६५ वर्षीय रुद्रबहादुर रानाले चैत ९ गते चारवटा गाई चराउनका लागि मनकामना सामुदायिक वनमा छाडेकोमा गाई गोठमा फर्केर नआएपछि खोजी गर्ने क्रममा मरेका गाई भेटिएका हुन् ।

सोमवार सोही सामुदायिक वनमा गाईको शरीरको पछाडिको भाग खाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

यसअघि पनि मकवानपुरको बकैया गाउँपालिकामा चरनका लागि लगिएको एकदर्जन बाख्रालाई बाघले मारेको थियो । जिल्लामा पछिल्लो समय घरपालुवा चौपाया माथि बाघको आक्रमण दर वृद्धि भएको देखिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu