Connect with us
Kapilvast Forest

कपिलवस्तुमा करेन्ट लागेर देवकोटाको मृत्यु

२०८०, १३ चैत्र मंगलवारमा प्रकाशित

कपिलवस्तुमा करेन्ट लागेर ल्याब टेक्निसियनको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१० घर भई कपिलवस्तुको कृष्णननगर नगरपालिका–९स्थित छन्दकाले बाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज देवकोटाको करेन्ट लागेर मृत्यु भएको हो ।

अस्पताल संचालक समितिका सदस्य सुरेन्द्र खड्काका अनुसार आइतबार बेलुका सवा ६ बजेतिर काप्रो टिप्न भनेर रुखमा चढेको समयमा रुखको हाँगा लच्किएर बिजुलीको हाइटेन्सनलाई छोइएपछि देवकोटालाई करेन्ट लागेको थियो ।

करेन्ट लागेपछि उनी रुखबाट भूइमा खस्नासाथ उद्धार गरी मेडिकल कलेज भैरहवा लैजाने क्रममा उनको मृत्यु भएको अस्पतालका एक कर्मचारी किशोर भण्डारीले बताए ।

भण्डारीका अनुसार शब पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवामा राखिएको छ । देवकोटा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जमा ल्याब टेक्निसियनका रूपमा कार्यरत थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu