Connect with us
Kapilvast Forest

‘अस्पतालभित्रको लापरबाही सहय हुँदैन’

२०८०, १४ चैत्र बुधबारमा प्रकाशित

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल क्षेत्रभित्र कुनै किसिमको लापरबाही सहय नहुने बताउनुभएको छ । मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला सिराहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानको निरीक्षणको क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

हेल्पिङ हयान्ड र हेल्पिङ हर्ट संस्थाले उपलब्ध गराएको ३४ लाख ६६ हजार ८७४ रुपियाँ पर्ने १४४ प्रकारका उपकरण मन्त्री सिंहले अस्पताललाई हस्तान्तरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रादेशिक अस्पतालको समग्र समस्या समाधानको लागि प्रदेश सरकार तयार छ । यसभन्दाअघि स्वास्थ्य मन्त्रालयले थालेका राम्रो कामहरूको निरन्तरता दिनेछ । प्रादेशिक अस्पताल लहानको जमिन रजिस्ट्रेसन गर्दा दाताद्वय शारदा र मुरारका परिवार तयार हुँदा राजश्वसम्बन्धी समस्या देखिएको छ । यस समस्यालाई चाँडै समाधान गर्नेछौ ।’

अस्पतालका बिरामीसँग भेटेर हामी जनताको सेवागर्न सांसद मन्त्री चुनिएका मन्त्री सिंहले सेवा प्रवाहमा कुनै समस्या भयो भने मलाई टिपाउनु होला, समस्या समाधानका लागि सधैँ तत्पर रहने विश्वास दिलाउँछु उहाँले भन्नुभयो । अस्पताल निरीक्षणको क्रममा स्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्दै अभाव रहेको सामग्री र उपलब्ध रहेको मेशिनबारे जानकारी लिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu