Connect with us
Kapilvast Forest

कर्णाली पुलबाट हाम फालेका शाहीको शव भेटियो

२०८०, १५ चैत्र बिहीबारमा प्रकाशित

कैलालीको चिसापानीस्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ । कैलालीको लम्कीचुहा नगरपालिका –३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता हुनुभएको थियो ।

चार दिनदेखि बेपत्ता रहेका शाहीको शव बिहीवार टीकापुरको सन्कट्टी घाटमा फेला परेको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले स्थानीय, सुरक्षाकर्मी लगायत टोलीले खोजतलासका क्रममा टीकापुरस्थित सन्कट्टीघाटमा शव फेला पारेको बताउनुभयो । शाहीसहित १७ जनाले होलीका दिन कर्णाली पुलबाट हाम फालेका थिए । १६ जना पौडिन सफल भए पनि शाही डुबेर बेपत्ता हुनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu