Connect with us
Kapilvast Forest

गुजरातविरुद्ध गुल्शन झाको उत्कृष्ट बलिङ, एक्लैले लिए चार विकेट

२०८०, १८ चैत्र आईतवारमा प्रकाशित

file photo

त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातविरुद्ध गुल्शन झाले घातक बलिङ गरेका छन् । उनी एक्लैले चार विकेट लिएका छन् । आफ्नो चार ओभरमा २२ रन खर्चिएर चार विकेट लिदा गुजरात दबावमा परेको छ ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि गुल्शनले चार र करण केसीले दुई विकेट लिएका छन् । सोमपाल कामीले एक विकट लिएका छन् ।

थप एक विकेट रन आउट हुँदा गुजरातले १६ ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको छ ।

नेपाल, गुजरात र बरोडाबीच आजबाट सुरु भएको त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu