Connect with us
Kapilvast Forest

टाट पल्टिएपछि मन्नत हस्पिटल बन्द, सन्चालक गुप्ता सम्पर्क विहिन

२०८०, १८ चैत्र आईतवारमा प्रकाशित

सनिउल्ला धोबी- न्युज सेन्टर नेपाल
कपिलवस्तुको बहादु्रगंज चौकमा रहेको मन्नत हस्पिटल बन्द भएको छ । सेवाग्राही नआएको पछी ‘टाट’ पल्टिएको अवस्थामा हस्पिटल बन्द भएको हो । मन्नत हस्पिटल सञ्चालक डाक्टर सन्जय कुमार गुप्ता र महेश गुप्ताले हस्पिटल बन्द गरी सम्पर्क विहिन भएका छन । अस्पतालमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीहरूले पाउने पैसा समेत नदिई अस्पताल सञ्चालक सम्पर्क विहिन भएका हुन ।

अस्पतालमा आधा दर्जन स्वास्थ्यकर्मी र कर्मचारीहरूले तलब पाउन बाँकी रहेको छ । कर्मचारी र चिकित्सकले १ लाख ७९ हजार ९ सय ३३ रुपैयाँ पाउनुपर्ने देखिएको छ । स्वास्थ्यकर्मी र कर्मचारीको काम गरेको पारिश्रमिक रकम पाउनुपर्ने बताइएको छ ।

कपिलवस्तुको महाराजगन्ज बस्ने मन्नत हस्पिटल सञ्चालक सन्जय कुमार गुप्ता र महेश गुप्तालाई पटक पटक सम्पर्क गर्दा कुनै पनि सुनुवाई नभएको एक जना कर्मचारीे बताउनु भयो ।
मन्नत हस्पिटलमा कार्यरत विशाल गुप्ताले रु ४५ हजार, श्रीराम यादवले रु ३६६६५, रेजीना थापा मगरले रु ३५७२३, डाक्टर शाकिम राइन ३८०२५, विद्यावती रैदासले रु १३७२० र मान्ती रैदासले रु ११८०० पाउनु पर्ने बताएका छन ।

आर्थिक कारोबारको नमिलाई सन्चालकहरु भागेकाले निजउपर कानुनी प्रक्रिया अगाडी बढाइने पिडितहरुले बताएका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu