Connect with us
Kapilvast Forest

सचिवहरुको जिम्मेवारीमा व्यापक हेरफेर, को कहाँ भए सरुवा ?

२०८०, १९ चैत्र सोमबारमा प्रकाशित

sanghiya_mamaila_mantralaya_.jpg

सरकारले ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेअनुसार अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सचिवहरुलाई पत्र दिने काम धमाधम गरिरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको जल तथा ऊर्जा आयोगमा सरुवा भएको छ । आयोगकी सचिव सरिता दवाडीको सिँचाइ सचिवका रुपमा ऊर्जा जलस्रोत तथ सिँचाइ मन्त्रालयमा सरुवा भएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सचिवका रुपमा ऊर्जाबाट गोपालप्रसाद सिग्देल फर्किएका छन् ।

उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन मामिला सचिवका रुपमा सरुवा भएको छ । सचिव भएपछि बुर्लाकोटीले पहिलोपटक कुनै मन्त्रालयमा सचिवको जिम्मेवारी पाएका हुन् ।

वित्त आयोगका सचिव कृष्णबहादुर राउत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग मामिला हेर्ने सचिवका रुपमा सरुवा गरिएको छ । उद्योग सचिव रहेका मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालयको सचिव बनाइएको छ ।

मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य मामिला हेर्ने सचिवका रुपमा सिंहदरबार भित्रिएका छन् ।

बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्यायको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । वाणिज्य सचिव रहेका नारायणप्रसाद शर्मा दुवाडीसहित अन्य सचिवहरुको पनि सरुवा भएपनि कुन–कुन निकाय र मन्त्रालयमा सरुवा भयो भन्ने खुल्न बाँकी छ ।

‘केही मन्त्रालय र निकायमा नाम टुंग्याएर पत्र बनाउन बाँकी छ, तर ठूलो संख्यामा सचिवहरुको जिम्मेवारी हेरफेर भएको छ,’ मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो, ‘कतिपयको पत्र बनेपछि नै टुंगो लाग्छ ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu