Connect with us
Kapilvast Forest

सवारी दुर्घटनामा एक जनाको मृत्यु

२०८०, २१ चैत्र बुधबारमा प्रकाशित

जिल्लाको शितगंगा नगरपालिकामा मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका १४, जलुकेपानीमा लु २ च ७९३२ नम्बरको सिङ्गल क्याप जिप र लु ६ प ७९३१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु निवासी २८ वर्षीय नियाज मुसलवानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप चालक घाइते रुपन्देहीका २६ वर्षीय सनिउल्लाह फकिरको उपचार भइरहेको छ। जलुकेपानीको साँघुरो बाटोमा जिप र मोटर साइकल एकआपसमा ठोक्किँदा दुवै सवारी खसेका थिए।

जिपको ब्रेक फेल हुँदा दुर्घटना भएको ठाडाका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक सालिकराम खनालले जानकारी दिनुभयो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu