Connect with us
Kapilvast Forest

मुख्यमन्त्री महराले शपथग्रहण गर्दै, शपथपछि मन्त्रिपरिषद् गठन

२०८०, २५ चैत्र आईतवारमा प्रकाशित

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन ।

महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज दिउँसो पौने दुई बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता जोखमबहादुर महरा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए।

शपथपछि महराले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन । सत्ता साझेदार दलबाट कम्तिमा एक–एक जनालाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu