Connect with us
Kapilvast Forest

कपिलवस्तुमा दुई शब फेला, दुर्घटनामा सहचालकको मृत्यु

२०८०, २५ चैत्र आईतवारमा प्रकाशित

kapilvastu

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको दुई जनाको शब फेला हुनुका साथै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । जिल्लाको बाणगंगा नगरपालिका २ लालमटिया सामुदायिक वनमा महिला र पुरुषको शव फेला परेको छ।

कप्टैया भन्ने स्थानको जङ्गलमा शनिवार साँझ मृत अवस्थामा महिला र पुरुषको शव मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझीले बताए।

मृतक पुरुष कप्टैयाकै स्थानीय ५० वर्षीय विष्णु प्रसाद घिमिरे र मृतक महिला कञ्चन गाउँपालिका– ५ निवासी ४५ वर्षीया यमकला राना रहेको रायमाझीले बताए। उनीहरूको शव नजिकै सल्फास नामक विषादी को पोका समेत फेला परेको थियो।

उनीहरूले उक्त विषादी सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ। शवलाई पोस्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।
यसैबीच 
कपिलवस्तु शिवराज नगरपालिका वडा न ९ को दश नम्वरमा टिप्परको ठक्करवाट एक जनाको ज्यान गएको छ ।
ना ७ ख ९०२३ नम्वरको टिप्परको ठक्करवाट सोहि गाडिको सहचालकको ज्यान गएको हो ।

ज्यान जानेमा विजयनगर गाँउपालिका वडा न २ जर्लैयाका १८ वर्षिय ईरफान भाट मुस्लमानको ज्यान गएको ईलाका प्रहरी कार्यालय सुन्दरीडांडाले जनाएको छ ।

मृतक मुस्लमानको शव पोष्टमार्टमको लागी शिवराज आधारभुत अस्पताल चन्द्रौटामा राखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu