Connect with us
Kapilvast Forest

शिवराज अस्पतालमा फेरि लफडा, स्टापनर्स सहित दुई घाइते

२०८१, २ बैशाख आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल- कपिलवस्तुको शिवराज नगरपालिकाले सन्चालन गरेको शिवराज आधारभुत अस्पतालमा विवाद हुँदा दुईजना कर्मचारी घाइते भएका छन ।

उपचार गराउन आएका विरामीका आफन्त र आधारभुत अस्पतालमा कार्यरत स्टाप नर्स प्रमिला चौधरी र कार्यालय सहयोगी अजय शुक्ला विच विवाद हुदा दुबै घाइते भएको आधारभुत अस्पतालका इन्चार्ज विरेन्द्र मिश्राले जानकारी दिनुभयो ।

चौधरीको टाउकोमा चोट लगेर दुई वटा टाँका समेत लगेको र शुक्लाको हातमा चोट लागेको इन्चार्ज मिश्राले न्युज सेन्टर नेपाललाई बताउनु भयो ।

सनिवार अपराह्न अस्पतालमा आफ्नो बुवाको उपचार गराउन आएका शिवराज नगरपालिका ९ बानियाभारका भोजराज सुनार र शिवराज ५ नौडिहवाका शेर सिह सुनारले हातपात गरेका थिए ।

विवाद हुने समयमा ढुङ्गा समेत प्रहर भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छ्न ।

हातपात गर्ने दुवैजानलाई प्रहरीले नियन्त्रणमा लिइ जिल्ला अदालत तौलिहवाबाट म्याद थप गरि अनुसन्धान जारी राखेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

घटना सनिवारको भएपनी आज मात्रै बाहिरिएको हो ।
शिवराज अस्पतालमा पटकपटक विबाद हुँदै आएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu