Connect with us
Kapilvast Forest

पारिश्रमिक नबढाए एसईईको उत्तरपुस्तिका नजाँच्‍ने शिक्षकको अडान

२०८१, १० बैशाख सोमबारमा प्रकाशित

काठमाडौं- शिक्षक संगठनहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाँच्‍ने बताएका छन् ।

उनीहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्‍म उत्तरपुस्तिका नजाँच्‍ने विज्ञप्तिमार्फत जनाएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलशबहादुर प्रधान र प्रगतिशील शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् ।

परीक्षा नियन्त्रक ( कक्षा १०) लाई सम्बोधन गरिएको विज्ञप्तिमा छ,पटकपटक ध्यानाकर्षण गर्दै आएकोमा हालसम्म न्यायोचित सम्बोधन नभएकाले समयानुकूल पारिश्रमिक वृद्धि नहुन्जेल परीक्षण कार्यमा सहभागी नहुने बेहोरा अवगत गराउँदै पुनः ध्यानाकर्षण गराउँछौं ।’ यसबाट पर्न जाने असर प्रति संघीय सरकार नै जिम्मेवार हुनुपर्ने उनीहरूले बताएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu