Connect with us
Kapilvast Forest

एक अर्ब ५० करोड खर्च गरेर बनाइएको नेपालगञ्ज रङ्गशाला सुनसान

२०८१, १७ बैशाख सोमबारमा प्रकाशित

नेपालगञ्ज ।  बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् ।
खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उहाँको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि  नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० करोड खर्च गरी खेलकुद संरचना बनाइएका थिए ।
हाल ती संरचना चालु अवस्थामा छैनन् । त्यतिबेला अत्याधुनिक फुटबल मैदान, प्यारापिट, अन्तर्राष्ट्रिय मापदण्डको स्वीमिङ पुल, भारोत्तोलन एकेडेमी, सुटिङ रेञ्ज, ह्यान्डबल, पार्केटिङसहितको भलिबल तथा ब्याडमिन्टन कोर्ट र बास्केटबल कोर्ट निर्माण गरिएका थिए ।
कार्यालय प्रमुख चन्दले खेलकुदमा सङ्घीयता लागू नभएको उल्लेख गर्दै समायोजन नभएका कारण समेत अन्यौल सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकाले यति धेरै लगानी गरेपछि यसलाई प्राथमिकतामा राखेर काम गर्नुपथ्र्यो ।” अधिकांश प्रदेशका खेलकुदका कार्यक्रम बुटवल र दाङमा हुने गरेका उल्लेख गर्दै प्रमुख चन्दले राष्ट्रपति रनिङ शिल्डबाहेक अन्य कार्यक्रम नेपालगञ्जमा हुन नसकेका बताउनुभयो ।
अहिले रङ्गशालामा सङ्घीय सरकारबाट आउने बजेट शून्य रहेको जानकारी दिँदै प्रमुख चन्दले रङ्गशालालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा समिति गठन भएको र त्यसले बुझाएको प्रतिवेदनका आधारमा सञ्चालन हुने बताउनुभयो । उहाँले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अभ्यास खेलहरु सञ्चालन गर्ने पर्खाइमा रहेको उल्लेख गर्दै प्रतियोगिता नहुँदा, नियमित रेखदेख र सम्भार नहुँदा फुटबल मैदानमा लगाइएको दुबोसमेत सुकेको जानकारी दिनुभयो ।
रङ्गशालामा निर्माण कार्यसँगै नियिमित रुपमा बक्सिङ, तेक्वान्दोलगायत खेलको प्रशिक्षण पनि चलिरहेको उहाँले बताउनुभयो । सङ्घीय सरकारको रु १३ करोडको बजेटमा रङ्गशाला बन्दै छ । नेपालगञ्जमा विभिन्न सङ्घ तथा संस्थाको अगुवाइमा विभिन्न खेलकुदका कार्यक्रम हुँदै आएका छन् । यसबाहेक पालिकास्तरीय खेलकुद कार्यक्रम भइरहेका छन् ।
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu