Connect with us
Kapilvast Forest

२ अर्ब लगानीमा गोरुसिङ्गे रिसोर्ट बन्ने, साख: ग्रुपले गर्यो हङकङको कम्पनीसँग सम्झौता

२०८१, १८ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं- साखः ग्रुपले हङकङको अनफरमन ग्रुप र बोर होटलसँग मिलेर कपिलबस्तुमा रिसोर्ट निमार्ण गर्ने भएको छ ।

कपिलवस्तुको गोरुसिङ्गेमा रिसोर्ट बनाउनका लागि सोमबार लगानी सम्मेलनमा सम्झौता भएको छ । साखः एण्ड कम्पनीका अध्यक्ष किरण साख र अनफरमन ग्रुपकी अध्यक्ष लि पिङले सम्झौतामा हस्ताक्षर गरेका छन ।

अर्थमन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको उपस्थितिमा रिसोर्ट निमार्ण सम्झौता गरे । सम्झौता अनुसार रिसोर्टमा करिब २ अर्ब रुपैयाँ लगानी गरिनेछ । साखः ग्रुपले रिसोर्टका लागि गोरुसिंग २२ बिगाहा जग्गा यस अघि नै किनेको थियो ।

गोरुसिङ्गेबाट तौलिहवातर्फ ६ किलोमिटरको दूरीमा रहेको जग्गामा साखः ग्रुप अहिले अर्गानिक कृषि गर्दै आएको छ । ग्रुपले रिपोर्ट भित्रै आर्गानिक कृषि र फनपार्क बनाउने योजना थियो । तर अब फनपार्कको साटो सुविधासम्पन्न रिसोर्ट बनाउने अध्यक्ष किरण साखले बताए । रिसोर्ट अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ । जहाँ ७० वटा कोठा हुनेछन ।

साख कपिलबस्तु घुम्न जाँदा गोरुसिङ्गेमा जंगलको बीचमा रहेको स्थान पर्यटन क्षेत्रको लागि उत्तम स्थान हुन्छ भन्ने सोचेर जग्गा खरिद गरेको बताउछन ।

उनले भने “ गोरुसिङ्गमा जग्गा किन्दा नै रिक्स चाहीँ मैले उठाएको हो । हेरौं कहाँ पुगिन्छ ? बिदेशी लगानीकर्ता समेत यो प्रोजेक्टमा साथ दिएपछि लुम्बिनी घुम्न आउने पर्यटकको लागि उत्कृष्ठ रिसोर्ट बन्ने छ ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu