Connect with us
Kapilvast Forest

राष्ट्रपति पौडेलसँग जापानका विदेशमन्त्री योकोको शिष्टाचार भेट

२०८१, २३ बैशाख आईतवारमा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । आइतबार राष्ट्रपति कार्यालयमा उहाँहरूबिच शिष्टाचार भेट भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रपति भवनमा भएको भेटमा नेपाल र जापानबिच रहेको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका सम्बन्धमा कुराकानी भएको प्रवक्ता भट्टराईले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

भेटमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रुपमा रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले आगामी दिनमा नेपाल र जापानबिच आर्थिक सहयोगलगायत अन्य सहकार्यका क्षेत्र थप विस्तार हुने विश्वाससमेत व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उहाँले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा शिष्टाचार भेट गरिसक्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu