Connect with us
Kapilvast Forest

बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द

२०८१, २३ बैशाख आईतवारमा प्रकाशित

Butwal_NewsCeNterNepal

पटक-पटक म्याद थप र ताकेता गर्दा पनि बुटवलको चौराहा–गोलपार्क खण्डको सडक निर्माण ठेक्का रद्द गरिएको छ । बुटवलको मुख्य बजार क्षेत्रको साढे ३ किलोमिटर सडक सात वर्ष अघि बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएर काम थालेको थियो ।

समयमै निर्माण कार्य पूरा गर्न संघ,प्रदेश र स्थानीय सबै तहका जनप्रतिनिधि र क्षेत्रको आग्रह र निर्देशनलाई ठेकेदारले बेवास्ता गरेको भन्दै आइतवार ठेक्का रद्द गरिएको हो ।

सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर दाहालले पटक–पटकको आग्रह निर्देशनलाई बेवास्ता गरी काम नगर्ने ठेकेदार कम्पनीसँगको ठेक्का तोडिएको बताए । दाहालले अब छिट्टै नयाँ सहमतिअनुसार अर्को ठेक्का प्रक्रियामा जाने बताए । अहिलेसम्म यो सडकको काम ५० प्रतिशत मात्र भएको छ ।

तीन वर्षमा सक्ने गरी २०७३-०७४ मा आयोजनाको ५३ करोड ९७ लाख ९९ हजार रूपैयाँमा ठेक्का लगाइएको थियो । कार्यालय यस अघि पनि पटक–पटक ठेक्का तोड्ने चेतावनी दिँदै आएको थियो । तर कन्स्ट्रक्सनका ठेकेदार सुवित श्रेष्ठले त्यसलाई बेवास्ता गरेका कार्यालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu