Connect with us
Kapilvast Forest

गोरखापत्रमा आलोचनात्मक चेतसहितका समाचार आउन थालेका छन् : अध्यक्ष पोखरेल

२०८१, २४ बैशाख सोमबारमा प्रकाशित

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले गोरखापत्रमा आलोचनात्मक चेतसहितका समाचार आउन थालेको भन्दै खुशी व्यक्त गर्नुभएको छ। सोमबार गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभइको हो ।

उहाँले भन्नुभयो, ‘‘गोरखापत्रमा आलोचनात्मक चेतसहितका समाचार आउन थालेका छन् । यो हाम्रो लागि खुशीको कुरा हो । गोरखापत्रमा पत्रकारितामा आलोचनात्मक चेतको झल्को देखेका छौँ । पछिल्लो समय युवा नेतृत्वले यो कुरालाई स्थापित गरेको छ । यसलाई गोरखापत्रले निरन्तरता दिनुपर्छ ।’’

कुनै सञ्चार माध्यमले प्रकाशन गरेको सामग्रीको सम्पूर्ण अधिकार सञ्चारमाध्यममाथि हुने भन्दै उहाँले अदालतको आधारमा समाचार हटाउँदा पत्रकारिता सङ्कटमा पर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘स्रोतको संरक्षण भएन भने सूचना आउँदैन । आलोचनात्मक खराब आउँदैनन् । कहिले विषयवस्तु हटाउने आदेश आउँछन् । यसले हामी प्रेस स्वतन्त्रताका लागि ठिक ठाउँमा छैनौँ । यस्ता हर्कत हुँदै गर्दा काम कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यसलाई सामूहिक रुपमा सोच्न सक्नुपर्छ ।’’

त्यसैगरी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको मानक र सही सूचनाका लागि सबैले हेर्ने गोरखापत्र भएको उल्लेख गर्नुभयो । उहाँले हतारको साहित्य भए पनि पत्रकारले गल्ती गर्न नहुनेमा जोड दिनुभएको छ ।

‘‘दक्षिण एसियामा पुरानो निरन्तर प्रकाशित भएको सञ्चार माध्यमको रुपमा गोरखापत्र स्थापित छ । गोरखापत्रकर्मीले म गोरखापत्रकर्मी हुँ भनेर गर्व गर्नुहोस् । पत्रकारिताको मानक र सही सूचनाका लागि सबैले हेर्ने भनेको गोरखापत्र नै हो ।”

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu