Connect with us
Kapilvast Forest

सडक डिभिजनका कर्मचारी पुनद्वारा गैरकानुनी रुपमा वैंकिङ कारोबार संचालन

२०८१, २७ बैशाख बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तु- सडक डिभिजन कार्यालय शिवपुर कपिलवस्तुका कर्मचारी तिलक पुनले गैरकानुनी रुपमा वैंकिङ तथा आर्थिक कारोबार सन्चालन गरेको पाइएको छ ।

कर्मचारी पुनले आर्थिक कारोबार गर्ने संस्था दर्ता नगरी अवैध तरिकाले रकम संकलन गर्ने र लागानी गर्ने कार्य गरेको पाइएको हो ।
जिल्लाको शिवराज नगरपालिका वडा नं १ घर भएका तिलक पुन सडक डिभिजन कार्यालय शिवपुरका कम्प्युटर अपरेटर हुन ।

शिवपुरमा रहेको जय बुद्ध सामाजिक युवा क्लब अध्यक्ष समेत रहेको पुनले संस्थाको प्यान नम्बर दुरुपयोग गरि अवैध रूपले रकम संकलन गर्ने, लगानी गर्ने र अनलाइन विल काट्ने लगायतका काम गरिरहेका छन ।

पुनले प्यान नम्बर मात्र दुरुपयोग गरेन्न जय बुद्ध सामाजिक संस्थाको नाममा आर्थिक कारोबारको लागि सफ्टवेयर समेत खरिद गरि अवैध क्रियाकलाप समेत सन्चालन गरे ।

आर्थिक कारोबारको लागि छुट्टै संस्था दर्ता गर्नु पर्ने प्रावधान रहेको छ । सफ्टवेयर प्रयोगको लागि समेत अनुमती चाहिन्छ तर पुनले गैरकानुनी रुपले आर्थिक क्रियाकलाप गर्दै आएका छन ।

पुनले शिवपुरका सिधासाधा नागरिकको रु ७० लाख रकम जम्मा गरि अवैध कारोबार गरेको स्थानीयले आरोप लगाएका छन ।

पुनले अबैध कारोबार गरेको भन्दै जिल्ला प्रशासन तौलिहवा कपिलवस्तुले पत्र समेत काटेको छ । जिल्ला प्रशासन कार्यालयको पत्र आएपछि गैरकानुनी रुपले आर्थिक कारोबार गरेको खुलेको हो । जिल्ला प्रशासन कार्यालयले संस्थाको कागजात समेत झिकाएको छ ।

सस्थाका अध्यक्ष तिलक पुनले आर्थिक कारोबार गर्ने संस्था दर्ता नगरेको र सफ्टवेयर प्रयोग गरि बिल काटेका स्विकार गरेका छन ।
स्थानीयलाई ऋण प्रवाह गरेको उनले स्विकार गरे । पुनले आर्थिक कारोबार गर्ने अन्य सदस्यको नाम खुलाएनन । उक्त समुहमा करिब ५० जना अबद्द रहेका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu