Connect with us
Kapilvast Forest

केसीको जन्मदिनमा विद्यार्थीले पाए कापीकलम र झोला

२०८१, १० जेष्ठ बिहीबारमा प्रकाशित


न्युज सेन्टर नेपाल-

कपिलवस्तुका समाजसेजी तथा नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र ३ (क) का क्षेत्रीय सभापति गोविन्द केसीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।

जिल्लाको शिवराज नगरपालिका ८ देविपुरमा रहेको दुर्गा आधारभुत विद्यालयका ५२ जना विद्यार्थीलाई झोला, कापीकलम बितरण गर्नु भएको हो ।

शैक्षिक सामाग्री वितरण समारोहमा नेपाली कांग्रेस कपिलवस्तुका उपसभापति हुमकान्त खनाल, समाजसेवी तथा नेपाली कांग्रेस महासमिति सदस्य कमल केसी, शिवराज नगरपालिका वडा नं ८ का अध्यक्ष तथा युवानेता रिजवान खान, युवानेता अमर पौडेल, दुर्गा अधारभुत विद्यालयका ब्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका प्राधानाध्यपक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीले शैक्षिक सामाग्री पाएपछि खुसी भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu