भ्वाइस प्रतियोगी शसिकाको नयाँ गीत ‘ट्याम्के र सेल्मे’
दि भ्वाइस प्रतियोगी शसिका राईको पुर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङले गीत सार्वजनिक गरेका हुन् ।
उमेश राइको लय तथा शब्द सङ्कलन रहेको गीतमा उमेशको अलवा सन्तोष दुमी राई र शसिका राईको स्वर छ । देवेश राईंको सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ ।
कार्यक्रममा पूर्वी नेपालमा गाइने यो जुहारी भाका लोपन्मुख रहेको भन्दै यसको संरक्षण र सम्बद्र्धनका लागि आफूहरुले गीत र भिडियो बनाएको गायक राइले बताए ।