Connect with us
Kapilvast Forest

काठमाडौँमा शरणार्थीहरुको धर्ना

२०७९, १४ असार मंगलवारमा प्रकाशित

नेपालमा विभिन्न समयमा आएर शरण लिइरहेका शरणार्थीले संयुक्त राष्ट्रसंघको शरणार्थी मामिला हेर्ने निकाय युएनएचसीआरको कार्यालयमा धर्ना दिएका छन् । विभिन्न ११ बुँदे माग राख्दै उनीहरुले सोमबारदेखि धर्ना दिन सुरु गरेका हुन् ।

“हामीले आफ्नो देशमा बस्न नसकेर नेपाल भागेर आयौँ । यहाँ आइपुग्न हामीले धेरै नै सङ्घर्ष र कष्टको सामना गर्नुपरेको छ । नेपाल आएर हामीले आफ्नो अवस्था केही फरक पाउने सोचेका थियौँ तर २०१५ सम्म पाइरहेको सुविधा कटौती भएपछि हाम्रो अवस्था दयनीय बन्दै गएको छ,” अफगानिस्तानबाट भागेर नेपाल आएर शरणमा बसेकी एक महिला शरणार्थीले रातोपाटीलाई भनिन् ।

युएनएचसीआरको गेटमा अहिले धर्ना दिइरहेका शरणार्थीले आफ्ना बालबालिकालाई दिइँदै आएको शैक्षिक सुविधा, मासिक सहयोग, स्वास्थ्य सुविधा, रोजगारी लगायतका मागहरू प्रस्तुत गरेका छन् । “यदि हाम्रो सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ भने हामी आफ्नो देश फर्कन तयार पनि छौँ । तर हाम्रो ज्यानको जिम्मेवारी यूएनले लिनुपर्छ । यदि यो कुराको विश्वसनीयता दिलाउन युएनएचसीआरले गर्छ भने हामी फेरि आफ्नो देश फर्किने छौँ,” कपनमा बसोबास गरिरहेका एक रोहिंग्या शरर्णाथीले रातोपाटीलाई भने ।

युएनएचसीआरले नेपालमा बसोबास गरिरहेका कैयन शरणार्थीलाई अस्थायी परिचय पत्र दिएको भए पनि त्यसले आफूहरूको गिरफ्तार रोक्नको लागि मात्रै सघाएको तर जीवनयापनमा केही फरक ल्याउन नसकेको भन्दै आलोचना समेत गरेका छन् । ​सोमबारदेखिको धर्ना कार्यक्रममा बङ्गलादेश, म्यानमार, पाकिस्तान, सोमालिया, अफगानिस्तान लगायत अन्य द्वन्द्वग्रस्त मुलुकका नागरिकहरू सहभागी रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu