नेकपा सांसद गुरूङ साधारण तारेखमा रिहा
काठमाडौं ज्यान मार्ने उद्योगमा पक्राउ परेका नेकपा सांसद पार्वत गुरूङलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएकाे छ ।
सांसद गुरूङविरूद्ध काठमाडौं जिल्ला अदालतमा दोलखाका वीरध्वज खड्काले २९ वैशाख ०७६ मा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेका थिए । उनी आइतबार काठमाडाैं जिल्ला अदालतमा हाजिर भएका थिए ।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौंको गौशालामा आफूमाथि सांघातिक आक्रमण गरेको भन्दै गुरूङविरूद्ध खड्काले महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । सोही मुद्दाको बयानका लागि अदालतले गुरूङलाई हाजिर हुन आदेश दिएकाे थियाे ।