पेटभित्र रक्सीको बोतल भेटिएका युवक अस्पतालबाट डिस्चार्ज
![](https://www.newscenternepal.com/wp-content/uploads/2023/03/Mansur-Rautahat-1024x626-1.jpg)
चितवन- साथीहरुले मलद्वारबाट रक्सिको बोतल छिराइदिएपछि गम्भीर अवस्थामा पुगेका गुजरा नगरपालिकाका-९, रौतहटका नुर्साद मन्सुरी अस्पतालबाट डिस्चार्ज भएका छन् । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट रक्सिको बोतल निकालेका थिए ।
उनी आफैं हिँडेर घर फर्किने अवस्थामा पुगेपछि बुधबार डिस्चार्ज गरिएको उपचारमा संलग्न डा. राजेश यादवले बताए एक महिना पछि उनलाई फलोअपमा बोलाइएको र पुनः शल्यक्रिया गरेर प्राकृतिक रुपमा नै दिसा गर्न मिल्ने अवस्थामा ल्याइने अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. राजेश यादवले बताए ।
![Vijay Steel](https://www.newscenternepal.com/wp-content/uploads/2020/06/details-page-footer-ad.gif)
![Galaxy Crusher Chandrauta Kapilvastu](https://www.newscenternepal.com/wp-content/uploads/2020/06/galaxy-crusher-ad.jpg)