सुनमा नयाँ रेकर्ड, किन बढ्याे सुनकाे मुल्य ?
काठमाडौँ – नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५ सयमा काराेबार भईरहेकाे छ ।
मगंलबार प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार फेरि प्रतितोला ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हाे ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार सय ४० तोकिएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार एक सय २६ डलर आसपास कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बृद्धि भएको कारण नेपाली बजारमा सुनचाँदीको भाउ महँगिएको हो ।
लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफलयोग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ ।
त्यस्तै, नेपालले डलरको आधारमा विदेशी राष्ट्रसँग व्यापार गर्ने गर्दछ। जसले गर्दा डलरको मूल्य बढ्दा सुनको मूल्य स्वतः प्रभावित हुन्छ।