प्यूठान – अर्घाखाँची जोड्ने पक्की पुल भत्कियो
प्यूठान- प्यूठानको माझिदमार र अर्घाखाँचीको चेउखोला जोड्ने झिमरुक नदि माथी बन्दै गरेको मोटर गुड्ने पुल भत्किएको छ।पुललाई थामेका टेका पानीको बहाबले बगाइदिँदा पुल कमजोर भई भत्किएको सडक डिभिजन कार्यालय प्यूठानका ईन्जीनियर अरुण केसीले जानकारी दिनुभयो ।
उहाले भन्नुभयो, ‘४ दिन अघि ढलान भएको ३५ मिटर पुलको स्ल्याप भाँचिएर नदिमा खसेको छ।’बाढीले पुल भत्कदा करिब डेढ करोड रुपियाँ बराबरको क्षति भएको केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुल ढलान गरिएको चार दिन मात्रै भएको थियो । त्यसको १४ दिनपछि बिममा जडित लट्ठा तान्नुपर्ने थियो ।
संघिय सरकारबाट विनियोजित ७ करोड १२ लाख रुपियाँमा निर्माण सम्झौता भएको डबल स्पानको ११ मिटर चौडाई र ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो ।
आउँदो भदौभित्र गाडी सञ्चालन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेका बेलामा यस्तो घटना भएको इन्जिनियर केसीले भन्ुभयो । ०७३ पुसमा सम्झौताभइ यहि असार २८ गते निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।