Connect with us
Kapilvast Forest

सवारी दुर्घटनामा घाइतेकाे सरकारले नि:शुल्क उपचार गर्छ : प्रम

२०७८, २७ आश्विन बुधबारमा प्रकाशित

 

काठमाडाैं-प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले स्तव्ध भएको बताउनुभएकाे छ । आफ्नाे आधिकारिक फेसबुक मार्फत उहाँले साे कुरा बताउनु भएकाे हाे ।

प्रधानमन्त्री देउवाले भन्नुभएकाे छ, मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले म स्तव्ध भएको छु। दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु। दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ।
सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछु प्रधानमन्त्री देउवाले उल्लेख गर्नु भएकाे छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu