Connect with us
Kapilvast Forest

महिला हिंसा अन्त्य गर्न सबै जुटौँ :मन्त्री थापा

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

कास्की-गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले महिला हिंसा अन्त्यका लागि सबै जुट्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । सञ्चारिका समूह नेपाल केन्द्रले शुक्रबार पोखरामा आयोजना गरेको महिला हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा महिला र पुरुषप्रतिको विभेदलाई अन्त्य गर्नुपर्ने आवश्यकतालाई औंल्याउनु भयो ।

 

मन्त्री थापाले समाजका विकृति विसंगतिलाई हटाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउँदै महिला हिंसाको विरुद्ध सचेतना जगाउने कार्यमा कानून मन्त्रालय सचेत रहेको बताउनु भयो । ‘महिला हिंसाको विरुद्ध सचेतना जगाउने कार्यमा कानून मन्त्रालय सचेत छ’, उनले भने, ‘विभेद नगरी सहज सूचना सम्प्रेषण गर्ने नीति निर्माणमा हामी लागिपरेका छौं ।’

मन्त्री थापाले केही समय अगाडि समाजमा महिला र पुरुषमा विभेद भएको देखिएपनि अहिले त्यस्तो अवस्था नरहेको बताउनु भयो । छोरीलाई पनि छोरासरह अधिकार प्रदान गर्ने वातावरण बनेको भनाई छ । कार्यक्रममा पूर्व राष्ट्रिय सूचना आयुक्त यशोदा तिमिल्सिना, प्रेस काउन्सिल सदस्य दुर्गा भण्डारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा लगायतले बोल्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu