Connect with us
Kapilvast Forest

प्रदेश क्षेत्रीय सभापतीमा गोविन्द र कमलको उम्मेदवारी

२०७८, ३० कार्तिक मंगलवारमा प्रकाशित

कपिलवस्तु-नेपाली कांग्रेस कपिलवस्तु प्रदेश सभा क्षेत्र नं.३ (क) को क्षेत्रीय सभापति पदमा गोविन्द केसी र कमल क्षेत्रीले उम्मेद्धारी घोषणा गरेका छन् । नेपाली कांग्रेस पार्टीलाई जिल्लामा थप स्थापित गर्दै मजबुद बनाउन आफ्नो उम्मेद्वारी रहेको दुबै नेताले बताएका छन् ।

नेपाली कांग्रेसमा युवा पुस्ता अगाडी ल्याउने निति अनुसार आफुले उमेद्धारी दिएको गोविन्द केसीले बताउनु भयो । करिव १० बर्ष देखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै जनताको मन जित्न सफल भएको उहाँको भनाई छ ।

आगामी निर्वाचनमा क्षेत्र भित्रका सम्पुर्ण पालिकामा नेपाली कांग्रेसलाई अग्र स्थानमा ल्याउन, प्रत्येक वर्ष क्षेत्र भित्रका गरिव तथा घरबार विहिन जनतालाई आवास निर्माणमा सहयोग गर्न, आगामी चुनावमा प्रदेश र प्रतिनिधी सभाको चुनावमा नेपाली कांग्रेसलाई अग्रभागमा ल्याउनका लागी आफ्नो विकल्प अरु हुन नसक्ने उहांले बताउनु भएको छ ।

क्षेत्रीय सभापतिको उम्मेद्वार हुनु स्भाविक रहेको भन्दै उनले सबैले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । यता कलम बहादुर क्षेत्रीको उम्मेदवारी दिनुहुने भएको छ ।

कपिलवस्तु क्षेत्र न ३ (१)को सभापति पदमा उम्मेदवारी दिने उहाँले बताउनुभयो । २०४८ साल देखि नेविसंघ हुदै राजनितिमा सकृय क्षेत्रले सबैको सहयोगमा आफु प्रदेश क्षेत्रीय सभापती बन्ने दावि गर्नुभयो । २०६४ सालमा कृयशिलत सदस्य रहनुभएका क्षेत्री निरन्तर पार्टी र संगठन विस्तारमा लागेको पनि बताउनुभयो ।

त्यस्तै २०४८ सालमा नेविसंघको ईकाइ सहसचिव,२०६६ सालमा देखि वागंगा यातायात समितिमा आवद्ध, नेपालीको काग्रेसको १३औ अधिवेशनवटा निर्वाचित क्षेत्रीय सचिव भएको पनि बताउनुभयो । उहाँले नेपाली काग्रेसलाई आगामि स्थानिय तहको निर्वाचनमा चिताउन तथा पार्टीलाई जनतामाझ पुर्याउने आफ्नो जित आवश्यक रहेको जिकिर रहेको बताउनुभयो । उहाँले सबै नेता कार्यक्रतालाई मतदान गरि सहयोग गर्न आग्रह गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu