Connect with us
Kapilvast Forest

नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि

२०७६, १८ असार बुधबारमा प्रकाशित

nepse high

काठमाडौं । मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक बुधबार पनि दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १५.६२ अङ्कले बढेर एक हजार २ सय ६८.६८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अङ्कले बढेर २ सय ७२.९८ विन्दुमा पुगेको छ ।

परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । कूल १ सय ७४ कम्पनीका २० लाख ६४ हजार ९ सय १३ कित्ता शेयर ५५ करोड दुई लाख ४७ हजार ८ सय १३ मा खरिदबिक्री भए । स्टकका अनुसार कारोबार भएका ११ उपसमूहमध्ये सबै उपसूहको शेयर उकालो लागेको छ ।

बैंकिङ १३.७६, होटल १.६९, विकास बैंक १४.३९, जलविद्युत् १४.९४, वित्त २.९५, निर्जीवन बीमा ९३.४१, उत्पादन १८.४६, अन्य ८.५७, लघुवित्त २६.०२, जीवन बीमा ९४.९३ र सामूहिक लगानी कोष ०.०६ अङ्कले बढेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu