Connect with us
Kapilvast Forest

सरकारलाई कांग्रेसको चेतावनी

२०७६, १८ असार बुधबारमा प्रकाशित

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदम्बेले जनताको संवेदनामाथि ठट्टा नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको नेपाली कांग्रेसका पूर्वसभापति गिरीजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तीको अवसरमा आयोजित बिचार गोष्ठीमा बोल्दै उहाँले सरकारले नै जनआन्दोलनका उपलब्धिमाथि प्रश्न उठाउन थालेको बताउनुभयो ।

नेता आङदम्बेले जनताले सत्तामा पठाएको नेकपा नेतृत्वको सरकारले जनचाहना गर्नुपर्ने बताउँदै सस्ता प्रहसन र खोक्रा भाषण नगर्न सचेत गराउनुभयो । उहाँले सरकारको गतिविधि संघियता विरोधी भएको औल्याउँदै मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको स्पस्ट पार्नुभयो ।

उहाँले कांग्रेस पार्टीभित्रको गुटबन्दीले नेता र कार्यकर्तालाई विभाजित गरेको भन्दै यस्तै अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने भएकाले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउनुपर्नेमा जोड दिनु भयो । उहाँले नेता तथा कार्यकर्ता अनुशासित भई कांग्रेस एकतावद्ध भएर अघि बढे मुलुकको ठूलो दल बन्ने दाबी गर्दै त्यसका लागि कांग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu