Connect with us
Kapilvast Forest

सांसदले मागे दसैं भत्ता

२०७६, १९ असार बिहीबारमा प्रकाशित

काठमाडौं । संघीय संसदका सांसदले दसैं भत्ता माग गरेका छन्। श्रमिकदेखि कर्मचारीसम्मलेदसैंमा एक महिना बापतको भत्ता पाउने भन्दै सांसदले पनि सरकारसँग भत्ता मागेका हुन्।

अन्य क्षेत्रमा वर्षको १३ महिना भत्ता पाउने तर सांसद र उनीहरूको सचिवालयमा काम गर्ने कर्मचारीले नपाउने गरेको कारण समस्या भएको सांसदको तर्क छ। राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा सांसदहरूले आफ्नो सचिवालयका कर्मचारीलाई मात्रै भए पनिदसैं भत्ता उपलब्ध गराउन माग गरे।

‘सबै श्रमिक तथा सरकारी कर्मचारीले दसैंमा थप एक महिनाको तलब भत्ता स्वरूप पाउँछन्’, राष्ट्रियसभा सदस्य विना पोख्रेलले भनिन्, ‘हाम्रा सचिवालयका कर्मचारी र हामीले पनि यो सुविधा पाउनुपर्छ।’ अन्नपूर्ण पोस्ट् दैनिकले समाचार छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu