Connect with us
Kapilvast Forest

शिवराजका जेष्ठ नागरिक सम्मानित

२०७६, १९ असार बिहीबारमा प्रकाशित

अर्जुन बेल्बासे,कपिलवस्तु असार १९,
कपिलवस्तुको शिवराज नगरपालिका भित्र वसोवास गर्ने ३०३ जना जेष्ठ नागरिकहरुलाई विहिबार सम्मान गरिएको छ । नगरपालिका भित्र रहेका ८० बर्ष पुगेका जेष्ट नागरिकहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । सामाजिक विकास मंचले आयोजनामा उनिहरुलाई सम्मान गरिएको हो । “जेष्ठ नागरिकहरुलाई सम्मान गरौ सभ्य सस्कृतिको निमार्ण गरौ” भन्ने उद्देश्यले सहित कार्यक्रमको आयोजना गरिएको हो । ्
सामाजिक विकास मंचको आयोजना तथा शिवराज नगरपालिकाको सहयोगमा नगर भित्रका बयोवृद्ध जेष्ट नागरिकलाई सम्मान कार्यक्रममा धेरै कुराको अनुभव लिइसकेका जेष्ट नागरिकलाई सम्मान गर्नु प्रशंसनिय काम भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले बताए । जेष्ठ नागरिकहरुलाई लक्षित गरेर सरकारले धेरै योजनाहरु अघि सारेको वताउदै मासिक ३ हजार रुपैया सामाजिक सुरक्षा भत्ता सरकारले जेष्ठ नागरिकहरुलाई दिने निर्णय गरेको उनले वताए । चुनावका बेला गरेका वाचालाई सरकारले क्रमश पुरा गर्दै जाने भन्दै सवैको गास वास र कपासको ब्यावस्था सरकारले गर्ने उनले जनाए ।सवै स्थानिय तहहरुले आफ्नो क्षेत्र भित्र रहेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेर हैसाला प्रदान गरेको वताए । जेष्ठ नागरिक राष्ट्रका अभिभावक हुन उनिहरुलाई सम्मान गर्नुपर्छ सांसद केसीले भने ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नगरले प्रत्येक वर्ष जेष्ठ नागरिहरुलाई सम्मान गर्ने कार्यक्रमहरु राखेको वताए । नगरले गरेका कामहरुलाई अवलोकन गरेर जेष्ठ नागरिकहरुले सल्लाह सुझाव दिन आवश्यक रहेको जनाए । उमेरले नेटो कोटेको भएपनि नगरको विकास र समृद्धीको लागी पहल गर्न समेत आग्रह गरे । जेष्ट नागरिक संग भएको अनुभव अमुल्य भएको भन्दै हजुर आमा र हजुर बाबा संग खेल्दै हुर्केका बालबालिका अरु भन्दा टाठा हुने उनले बताए । जन्म दिने आमाबुबालाई भगवानको रुपमा स्थान दिई पुण्य प्राप्तीका सेवा गर्नु पर्ने उनले औल्याए । व्यस्त समय र दौड धुपमा वृद्ध भएका आमाबुबालाई बृद्ध आश्रममा छोड्नु गलत भएको मेयर अधिकारीले जनाए ।
शिवराज नगरपालिका ८० बर्षिय पारेश्वर न्यौपानेले नगरले जेष्ठ नागरिकहरुको कदर गर्दै सम्मान गरेकोमा खुसी व्यक्त गरे । हामीलाई पनि नगरले स्थान दिन्छ भन्ने लागेको थिएन तर हामीलाई सम्झियो सम्मान ग्रहण गर्दै उनले खुसी व्यक्त गरे ।
कार्यक्रममा सहभागि भएका सम्मानीत बृद्धको निशुल्क स्वास्थ्य जाँच समेत गरिएको आयोजक संस्थाका अध्यक्ष विष्णुप्रसाद खतिवडाले बताए । कार्यक्रम सम्म आएका बृद्धहरुलाई यातायात वापतको खर्च पनि दिएका छौ सम्मान पनि गरेका छौ , जेष्ठ नागरिकलाई यसरी सम्मान गर्न पाउदाँ आफैलाई गर्व महुसुस भएको छ खतिवडाले भने
कार्यक्रम सामाजिक विकास मंचका अध्यक्ष विष्णु प्रसाद खतिवडाको अध्यक्षता,प्रदेश सांसद अर्जुन कुमार केसीको प्रमुख आतिथ्यता,शिवराज नगरप्रमुख नेत्रराज अधिकारी ,उपप्रमुख शिवकुमारी थारु लगाएतको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu