Connect with us
Kapilvast Forest

भारतीय पक्षकाे दुर्व्यवहारले इन्धन ढुवानी ठप्प

२०७६, २१ असार शनिबारमा प्रकाशित

काठमाडौं । मजदुर आन्दोलनले जोगवनी नाका हुँदै भारतबाट आयात हुने पेट्रोलियम पदार्थ शुक्रबार आउन सकेन। पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ र पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा ढुवानी मजदुरले आन्दोलन शुरु गरेपछि इन्धन आयात ठप्प भएको हो।

६ सय बढी मजदुरले भारतको बरौनी डिपोबाट हुँदै आएको ढुवानी ठप्प पारेपछि शुक्रबार पेट्रोल र डिजेल बोकेका ट्यांकर नेपाल प्रवेश गर्न पाएनन्। भारतीय पक्षले दुःख दिने र ट्यांकर चालकमाथि अभद्र व्यवहार गर्ने क्रम बढेपछि ढुवानी रोक्नु पर्ने अवस्था आएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष केशव अचार्यले जानकारी दिए। ‘मजदुरमाथिको गलत हर्कत र दुव्र्यवहार रोकिनु पर्छ भन्ने हाम्रो माग हो’, उनले भने।

भारतीय भूमीबाट सहज रुपमा ट्यांकर ल्याउने वातावरण नबनेसम्म इन्धन लोड अनलोड नगर्ने आचार्यको भनाइ छ। भारतको मिरगञ्जदेखि जोगवनीसम्मको ४ किलोमिटर सडक भत्किएर दोहोरो सवारी साधन आवतजावतमा समस्या भएको छ।

लोड भएर आएका सवारी साधनलाई नेपाल प्रवेश गर्नका लागि मात्रै जोगवनी नाका प्रयोग गर्न दिने नेपाल र भारतका अधिकारीबीच सहमति भएको थियो। खाली गाडीलाई भने भारत फर्काउन निर्माणाधिन आईसीपीको बाटो प्रयोग गर्ने र जोगवनीको प्रयोग गर्न नदिने सहमतिमा उल्लेख थियो।, अन्नपूर्ण पोस्ट् दैनिकले खबर प्रकाशित गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu