Connect with us
Kapilvast Forest

नेपाल एसबिआई बैंक चन्द्रौटा शाखाद्धारा वृक्षारोपण

२०७६, २२ असार आईतवारमा प्रकाशित

सनिउल्ला धोबी,कपिलवस्तु असार २२,
नेपाल एस वि आई वैंक लिमिटेड चन्द्रौटा शाखाले खरेन्द्रपुर स्थित सुपा देउराली मन्दिर क्षेत्र भित्र वृक्षारोपण गरेको छ । नेपाल एस वि आई वैंकको २६ औं वार्षिकउत्सव तथा संस्थागत समाजिक उत्तरदायित्व सहति बृक्षारोपण गरिएको हो चन्द्रौटा शाखालेशिवराज नगरपालिका वडा न ३ मा रहेको सुपा देउराली मन्दिरलाई शौन्दर्यकरण गर्नको लागी त्यस ठाउमा वृक्षारोपण गरिएको चन्द्रौटा शाखा प्रमुख देवराज श्रेष्ठले जानकारी दिनु भयो ।
आईतवार गरिएको उक्त कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी,शिवराज नगरपालिका वडा न ३ का अध्यक्ष टेकलाल सापकोटा,युवा नेता अजय थापा,व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेल लगाएतले फुल र अमलाका लगाएतका विरुवाहरु रोपिएको छ ।वैकको २६ औ वार्षिक उत्सव तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत वृक्षारोपण गरिएको बैक प्रशासन ले जनाएको छ ।
कार्यक्रममा नगरप्रमुख नेत्रराज अधिकारीले वैकले वित्तिय कारोवारसगै सामाजिक क्षेत्रमा पनि काम गर्नुपर्ने वताए । समाज भएपछि मात्र अन्य कारोवार हुने भएकोले केहि रकम समाजको लागी खर्च गर्नुपर्ने वताए । एसवि आई वैकले वृक्षारोपण गरेर आफनो जिम्मेवारी पुरा गरेको वताए । अधिकारीले आगामी दिनमा पनि यस्तै कार्यहरु गर्न सुझाव दिए । बृक्षरोपण कार्यक्रममा नेपाल एस वि आई वैंक चन्द्रौटा शाखाका प्रकाश खरेल, दिनेश के.सी लगायतको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu