Connect with us
Kapilvast Forest

शितगंगाले तयार पार्यो १५ बर्षे बिकास गुरुयोजना 

२०७६, २७ असार शुक्रबारमा प्रकाशित

अराज बेल्बासे, आर्घाखाँची असार २६
आर्घाखाँची शितगंगा नगरपालिकाको वृहत गुरुयोजना निमार्ण भएको छ । देशकै ठुलो नगरपालिका रहेको शितगंगा नगरपालिका बिकासको हिसावले धेरै पछाडी परेकोले पनि गुरुयोजना निमार्ण गरे बिकास लाई तिव्रता दिन लागेको नगर प्रमुख सुर्य अधिकारीले बताउनु भयो ।

नगरपालिकले १५ बर्षे गुरुयोजना तयार पारेकोले योजना अनुसार काम गरी शितगंगा नगरपालिका लाई बिकासको गति ल्याउने नगर उप प्रमुख टिका रेस्मीले बताउनु भयो । शितगंगा नगरपालिकाको दीर्घकालिन सोच लक्ष्य तथा रणनितिहरु, दीर्घकालिन बिकासका मुख्य आधारहरु नगरपालिकाले लिएका बिकासका रणनितीहरु समेटी गुरुयोजना निमार्ण गरिएको उपप्रमुख रेस्मीले बताउनु भयो । गुरु योजनामा भौतिक पूर्वाधार,सामाजिक पुर्वाधार ,आर्थिक पूर्वाधार, वातावरण तथा विपद् ब्यवस्थापन, सस्थागत बिकास लगायतका योजनाहरु गुरु योजनामा समेटिएका छन ।

शितगंगा नगरपालिकाको ठुलो क्षेत्रफल बन क्षेत्र रहेकोले बनको आम्दानी ब्यवस्थापन गरि नगरको मुख्य आयस्रोत बनाउने योजना रहेको छ । यस्तै पशुपालन कृषि क्षेत्रमा समेत आयस्रोतको माध्यम बनाउने ,खाद्य समस्याको समाधान , खानेपानी, उत्पादन र रोजगारीको ब्यवस्थापन गरिने योजना रहेको छ । १५ बर्षे योजना अनुसार ठुला योजना संघ तथा प्रदेश बाट माग गर्ने र अन्य योजना स्थानिय तहले सम्पन्न गर्ने योजना रहेको छ । यस्तै शितगंगा नगरपालिकामा रहेका २७५ वटा सडकहरु कालोपत्रे गर्ने लक्ष्य सहित सडक गुरुयोजना समेत निमार्ण भएको छ । शितगंगा नगरपालिकाको बृहत बिकास गुरुयोजना इन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टर प्रालि काठमाडौले तयारपारी प्रस्तुत गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu