Connect with us
Kapilvast Forest

प्रदेशसभा भवन नै डुबानमा

२०७६, २७ असार शुक्रबारमा प्रकाशित

विराटनगर । तीन दिनदेखि परेको वर्षाका कारण प्रदेश १ को राजधानी विराटनगरस्थित प्रदेशसभा भवनको बैठक कक्ष डुबानमा परेको छ ।

वर्षाका कारण विराटनगरका विभिन्न क्षेत्र डुबानमा परेको छ । प्रदेश सभा भवनको बैठक कक्ष भित्र पानी जमेको छ । सामान्य वर्षामा पनि हज भरिएर बैठक कक्ष भित्रको शैचालयबाट पानी निस्कने गरेको संसद सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिनुभयो ।

प्रदेश सभा भवन अघि र हस्पिटल चौकमा पानी जमेपछि विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दीरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जीनियर घनश्याम काफ्ले सहितको टोलीले अनुगमन गरेको छ ।

कोशी अञ्चल अस्पताल र आसपासका क्षेत्रमा जमेको पानी देवकोटा चोक अदालत जाने बाटोको कलबोट खोली पानी महानगरपालिकाले पास गराएको छ । यसबाट हस्पिटल चोक देखीको पानी निकास हुने उपप्रमुख इन्दीरा कार्कीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu