Connect with us
Kapilvast Forest

रोटरी क्लब अफ कपिलवस्तुद्धारा ६ गुरु सम्मानित

२०७६, २ श्रावण बिहीबारमा प्रकाशित

चन्द्रौटा(कपिलवस्तु), १ साउन । गुरु पूर्णिमा २०७६ को अवसरमा रोटरी क्लब अफ कपिलवस्तुले विभिन्न विधाका ६ जना गुरुहरुलाई सम्मान गरेको छ । जिल्लाको शिवराज नगरपालिका १, स्थित शिवगढी इंगलिस स्कूलको सभाहलमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष ज्ञानु प्रसाद पोखरेल र पतञ्जली योग जिल्ला समिति कपिलवस्तुका चिकित्सा प्रभारी डा. प्रकाश पौडेलले गुरुहरुलाई दोसल्ला र कदर पत्रले सम्मान गरेका थिए । सम्मानित हुनेमा योगगुरु आत्माराम आचार्य, उमानाथ शर्मा, श्यामसुन्दर गुप्ता, अर्जुन कुमार पौडेल, कराँते गुरु रामु सुनार र ईस्लाम धर्मगुरु मौलाना ताजुउद्धिन सिराजी रहेका छन् ।

कार्यक्रम रोटरी क्लब अफ कपिलवस्तु, पतञ्जली योग समिति शिवराज, शिवगढी ईङ्लिस स्कुल शिवपुर, शिवगढी साहित्य संगमको संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि पतञ्जली योग जिल्ला समिति कपिलवस्तुका चिकित्सा प्रभारी डा. प्रकाश पौडेलले पछिल्लो समय गुरुलाई सम्मान गर्नुपर्ने प्रचलन हराउँदै गएकोमा दुःख व्यक्त गरे । गुरु नै पथप्रदर्शक, मार्गदर्शक भएकाले गुरुले दिएको शिक्षादीक्षा र गुनलाई बिर्सन नहुने पौडेलले जिकिर गरे ।

गुरुहरुलाई सम्मान गर्ने सिस्टम बसाल्न कार्यक्रम आयोजना गरिएको रोटरी क्लबका अध्यक्ष ज्ञानुप्रसाद पोखरेलले बताए । गुरुहरुलाई आदर, सत्कार र सदभाव प्रकट गर्दै सम्मान गरिएको उनले बताए । कार्यक्रममा पतञ्जली योग समिति शिवराज नगर अध्यक्ष एवं रोटरी निवर्तमान अध्यक्ष तोयानाथ गैरे, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu