शिक्षालाई व्यावसायिक बनाउन कस्तो कानुन चाहिने हो :विष्णु पौडेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले लक्ष्य अनुसार काम गर्न नसकेको बताउनु भएको छ ।
‘हाम्रो संगठनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदप्रति बिमति राख्दैन’ शुक्रबार सिटिईभिटी राष्ट्रिय कर्मचारी संगठनको प्रथम एकता सम्मेलन उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘कारण विभिन्न होला, कारण जे होस् तर परिषद्ले उदेश्य अनुरुप कार्य गर्न सकेको छैन ।’ महासचिव पौडेलले विभिन्न प्रयास गर्दा पनि मुलुकको शिक्षा व्यवसायिक हुन नसकेको उल्लेख गर्नुभयो । ‘शिक्षालाई व्यवसायिक बनाउन कस्तो कानुन चाहिने हो ?’ उहाँले भन्नुभयो, ‘’
महासचिव पौडेलले शिक्षा व्यावसायिक नभएसम्म मुलुक समृद्ध नहुने बताउनु भयो । ‘हामी मुलुक समृद्ध बनाउन चाहन्छौ, सबै नागरिकलाई सम्पन्न बनाउन चाहन्छौं’ उहाँले भन्नुभयो, ‘तर शिक्षालाई व्यावसायिक नबनाएसम्म हामी त्यो अवस्थामा पुग्न सक्दैनौ । प्राविधिक शिक्षाको दायरा फराकिलो नबनाए मुलुक समृद्ध हुन्न ।’ शनिबारसम्म चल्ने सम्मेलनमा २ सय प्रतिनिधि सहभागी छन् ।