Connect with us
Kapilvast Forest

बार्षिक ८ खर्बसम्म कर छली, नराेकिए जनताकाे थाप्लाेमा ऋण बढ्ने

२०७६, ८ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बुधबार फरक – फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरो गएपछिको घटनाबारे पत्रिकाहरुले अलग -अलग संख्या उदृत गरेका छन् । जस अनुसार कान्तिपुरले ८, अन्नपूर्ण पोष्टले १०, गोरखापत्रले ११, राजधानी, नागरिक र नयाँपत्रिकाले ९ जनाकाे पुरिएर मृत्यु भएको समाचार लेखेका छन् ।

राजधानी दैनिकले बार्षिक आठ खर्बसम्म कर छली भइरहेको समाचारलाई प्राथमिकताका साथ छापेको छ । समाचारमा मुलुकभर ७ देखि ८ खर्ब रुपैयाँ बराबरको कर छली हुने गरेको खुलासा भएको छ । जुन मुलुकको कुल बजेटको झन्डै आधा बजेटसरह हो । सरकारी संयन्त्रले कर छलीलाई पूर्णरुपमा रोक्ने हो भने मुलुकले आफ्नो बार्षिक बजेट सञ्चालन गर्न कतैबाट कुनै प्रकारको अण लिन नपर्ने अवस्था आउँछ । कर छली रोकिने हो भने जनताको थाप्लोमा अण नै नपर्ने समाचारमा विश्लेषण गरिएको छ । राजधानीले कर छलीको मुख्य कारण न्युनबीजकीकरण रहेको र यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको विषय उठाएको छ ।

नागरिक दैनिकले अठार सय ठेकेदारमाथि छानबिन शीर्षकमा प्रमुख समाचार छापेको छ । समाचारमा उल्लेख गरिए अनुसार पेस्की लिएर पनि आयोजना निर्माण अघि नबढाउने एक हजार ८ सयभन्दा बढी कम्पनी माथि गृह मन्त्रालयले छानबिन थालेको छ । जलविद्युत्, सडक, पुललगायत आयोजना निर्माणबापत सरकारी निकायबाट ‘मोबिलाइजेसन पेस्की’ लिएर काम नगर्ने कम्पनी र ठेकेदारमाथि गृहमन्त्रालयले छानबिन थालेको हो । गृहमन्त्री रामबहादुर थापाले ठेकेदारहरु विकास निर्माणमा गैरजिम्मेवार बनेको बताउनुभएको छ । अख्तियारले समेत काम नगर्ने व्यवसायीमाथि अनुसन्धान जारी रहेको पत्रिकामा विश्लेषण छ ।

पहिरोले घेरियो बस्ती शीर्षकमा कान्तिपुर दैनिकले मुख्य समाचार प्रकाशीत गरेको छ । समाचार अनुसार गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ४ लिम्घा र वडा नम्बर तीन ठुलोलुम्पेकमा पहिरो जाँदा पुरिएर ८ जनाको मृत्यु भएको छ । चार जना हराइरहेका छन् । पहिरोले घरहरु बगाउँदा सत्यवती गाउँपालिका वडा नम्बर ४ लिम्घामा छ जना र वडा नम्बर ३ मा ठुलोलुम्पेकमा ३ जनाको मृत्यु भएको हो । पहिरोमा परी ३२ वर्षीया निर्मला विक, २९ वर्षीया पम्फा विक, १२ वर्षीया अञ्जली विक, ५ वर्षीय हिमांशु विक, ७० वर्षीया छली विक र ९ वर्षीया सिवानी विकको मृत्यु भएको समाचारमा उल्लेख छ । यस्तै, नेकपामा स्कुल विभागमा नेता घनश्याम भुसालको दावी रहेको समाचारलाई पनि पत्रिकाले प्रथम पृष्ठमा प्रकाशित गरेको छ ।

गोरखापत्र दैनिकले गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोमा पुरिएर ११ जनाको ज्यान गएको समाचारलाई तस्वीरसहित छापेको छ । पत्रिकाले योजनाबद्द विकासबाट विपद् न्युनिकरण असम्भव रहेको विश्लेषणात्मक समाचार समेत पहिलो पृष्ठमै समेटेको छ । समाचारमा चुरेमा पाँच वर्षमा ६ अर्ब रपैयाँ लगानी भएपनि त्यहाँका पाँच सय क्रसर उद्योग अधिकांश अवैध रहेको उल्लेख गरेको छ । यस्तै, प्रधानमन्त्री केपी ओलीले गल्ती गर्नेलाई नछाडिने बताउनुभएको खबर पनि गोरखापत्रको अर्को प्रमुख समाचार बनेको छ ।

अन्नपूर्ण पोष्ट् दैनिकमा गुल्मीमा गएको पहिरोमा पुरिएर १० जनाको ज्यान गएको शीर्ष समाचार छ । यस्तै, पत्रिकाले मेलम्ची खानेपानी आयोजनाले पूर्वमाओवादीका कार्यकर्तालाई बिनाप्रतिस्पर्धा ठेक्का दिन थालेको समाचारलाई प्राथमिक समाचार बनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu