Connect with us
Kapilvast Forest

१८ सय ठेकेदारलाई कारबाही सिफारिस

२०७६, ८ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं । ठेक्का ओगटने तर लामो समयसम्म काम नगर्ने १८ सयभन्दा बढी ठेकेदारमाथि छानबिन गरी कारबाही गर्न सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित आग्रह गरेको छ । गृह मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौताबमोजिम समयमै काम नगरेका ठेकेदारको नामसहित कारबाहीका लागि अख्तियारमा पठाइएको जानकारी दिनुभयो ।

थापाले ठेक्कामा लापरबाही गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने कुरा भ्रष्टाचारसँग जोडिएको टिप्पणी गर्नुभयो । ‘गैरजिम्मेवार ठेकेदारलाई कारबाही गर्न र सुशासन कायम गर्न सकेनौं भने समृद्धि सम्भव छैन,’ उहाँले भन्नुभयो, ‘काम नगर्ने ठेकेदारलाई कानुनसम्मत ढंगले कारबाही प्रक्रिया अगाडि बढाएका छौं,’ ।

‘काम नगर्ने ठेकेदारहरूमाथि अनुसन्धान गर्ने कुरामा अख्तियार पनि लागिपरेको छ’ मन्त्री थापा भन्नुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरेर निर्माण व्यवसायीलाई ठीक ठाउँमा ल्याउने र विकास निर्माणका काम समयमै पूरा गर्ने गरी प्रयास भइरहेको जानकारी दिनुभयो ।, कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu