Connect with us
Kapilvast Forest

निर्मला हत्याको एक वर्ष : ‘न्यायको आस मर्‍याे ’

२०७६, १० श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं । भीमदत्त नगरपालिका–२, उल्टाखाम कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ । वर्ष दिनको अवधिमा निर्मलाको न्यायका लागि सरकारी तवरबाट धेरै प्रयास भएको बताइए पनि उनले न्याय पाउन भने सकेकी छैनन् ।

‘वर्ष दिनसम्म न हत्यारा पत्ता लाग्यो न अब न्याय पाउने आस नै छ,’ पन्त परिवारको यो बिलौना निर्मलालाई गुमाउँदा जस्तो थियो अहिले पनि उस्तै छ । उनकी आमा दुर्गादेवी भन्छिन्, ‘न न्याय पाइयो, न अब आस नै छ ।’

१० साउन २०७५ मा साथीको घर जान भन्दै घरबाट हिडेकी निर्मलाको ११ गते बिहान घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । यसबीचमा हत्यारा पत्ता लगाउन सरकारबाट भएका हालसम्मका सबै प्रयास खेर गएको छ । तर, पनि सरकारले ढिलोचाँडो हत्यारालाई कानुनी कठघरामा ल्याउने दाबी गर्न भने छाडेको छैन ।

निर्मलाका बाबु यज्ञराज पन्तले छोरीको न्यायका लागि लड्दा लड्दै हारेको बताए । ‘न्यायको पर्खाइमा बस्दा बस्दै आस मरिसक्यो, हामीले छोरी मागेका थिएनौं, न्याय मागेका हौं, राज्यले एक वर्षसम्म पनि न्याय दिन सकेन, मैले हारें,’ निर्मलाका बाबु यज्ञराजले भने । उनले गृहमन्त्री रामबहादुर थापाको पछिल्लो अभिव्यक्तिले झनै निराश बनाएको बताए ।

‘अझै पनि झिनो आश त छ, न्याय पाइएलाकी भन्ने तर गृहमन्त्रीज्यूकै भनाइले राज्य नै हामीविरुद्ध लाग्यो जस्तो लाग्छ, अस्ति पनि गृहमन्त्रीले निराश पार्ने गरी बोल्नुभएछ,’ उनले भने ।, राजधानी दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu