Connect with us
Kapilvast Forest

दुई वडाको सुचक अनुगमन तथा समिक्षा

२०७६, १० श्रावण शुक्रबारमा प्रकाशित

कपिलवस्तु, ९ साउन ,
कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० लाई बालमैत्री स्थानिय शासनयुक्त वडा (सिएफएलजी) घोषणाका लागी नगरपालिकाबाट अनुगमन गरिएको छ । बालमैत्री स्थानिय शासन अबलम्बन कार्यान्वयन तथा सुचकको अनुगमन समिक्षाका लागी कपिलवस्तु नगरपालिकाको अनुगमन टोली दुबै वडामा पुगेको हो । नगर उपप्रमुख लक्ष्मी गुप्ता, प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्य, सामाजिक बिकास समितीका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठ, स्वास्थ्य ईकाई प्रमुख उमेश गुप्ता, प्रेस सल्लाहकार खग प्रसाद चापागाई सहितको टोली दुबै वडामा पुगेको हो । चालु आर्थिक बर्षको भदौ महिना भित्र घोषणाको लक्ष्य राखिएको दुबै वडा साविकको निग्लिहवा गाबिस हुदाँ २०७३ माघ १९ गते तत्कालिन स्थानिय बिकासमन्त्री हितराज पाण्डेयले निग्लिहवालाई बालमैत्री घोषणा गरेका थिए ।

यस अघि गाबिस रहेको भए पनि अहिले साविकको गाबिस दुई वडा बने सगै स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ को ग को विकास कार्य सम्बन्धि व्यवस्थाको २९ नम्बर बुदाँमा उल्लेख भएको वडा बालमैत्री बनाउने व्यवस्था अनुरुप कपिलवस्तु नगरपालिकाको अगुवाईमा घोषणाको कार्य अन्तिम चरणमा पुगेको हो । ३९ सुचकको मापन सगै दुबै वडाको आवधिक लगानी योजना निर्माणको कार्य सम्पन्न भएको छ । बाल बचाँउ स्तम्भका १०, बालसंरक्षणका ५, बालविकासका ६, बाल सहभागिताका ६ र संस्थागत बिकासका १२ वटा गरि कुल ३९ सुचकलाई आधार बनाउदाँ दुबै वडामा हाल सम्म ३३ सुचक शत प्रतिशत पुरा भएको र ६ सुचकका उपलब्धी ८० प्रतिशत बढि रहेको नगर बत्राल सञ्जाल सहजकर्ता शान्ता पोख्रेलले जानकारी दिईन ।

वडा बालमैत्री घोषणाको अन्तिम चरणमा पुगेको बताउदै घोषणा पछिको सुचक कार्यान्वयनको बिषय महत्वपुर्ण रहेको वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्माले बताए । वडा नम्बर १० मा वडा बाल सञ्जालका अध्यक्ष देवीराम कोहारले सञ्जालले अभियान सफल पार्न गरेका सहयोग बारे जानकारी दिएका थिए । बिगतमा तत्कालिन निग्लिहवा गाबिसलाई बालमैत्री घोषणा गरिएको भए पनि वडाहरु बिभाजन भई पछिल्लो व्यवस्था अनुरुप घोषणाको अन्तिम चरणमा पुगेको वडा नम्बर ९ का अध्यक्ष शिव बहादुर वाग्लेले स्पष्ट पारे । सर्वाङ्गिण बिकासका लागी सामाजिक बिकासमा लगानी आवश्यक रहेकोमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले जोड दिए । उनले नगरलाई बालमैत्री बनाउने प्रतिबद्धता अनुरुप अन्य वडामा समेत बालमैत्री वडा घोषणाका कार्यक्रमलाई अगाडी बढाईएको स्पष्ट पारे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu