Connect with us
Kapilvast Forest

नेकपा वडा नं. ५ कमिटि द्धारा शोकसभा सम्पन्न ।।

२०७६, ११ श्रावण शनिबारमा प्रकाशित

दिपक के.सी.
कपिलवस्तु, साउन ११
कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ५ नेकपा वडा कमिटीले शोक सभा सम्पन्न गरेको छ । वडा नं. ५ निवासी नेकपा सदस्य दुर्गा विस्टको अल्पआयुमा नै भएको आकास्मीक निधनको नवांै दिनको पुण्य तिथि पारेर वडा कमिटिले शोक सभा गरेको हो ।
मनकामना सामुदायिक वन उपभोत्ता समितिकी उपाध्यक्ष समेत रहेकी स्व. दुर्गा विष्टको निधनले नेकपाले एक जना सक्रिय महिला गुमाएको नेकपा प्रदेश कमिटि सदस्य बालकराम बुढाले बताए । मृत आत्माको चिर शान्तिको कामना गर्दै स्व. विष्ट मिनी रोल्पा उपमा पाएको शिवगढी बाट कम्युनिष्ट आन्दोलनलाई सफल पार्न अहोरात्र खटेर पार्टिको लागी काम गरेको समेत उनले स्मरण गरे ।
पार्टिका लागी सदैब सक्रिय रहने महिला नेतृलाई अल्पायूमा नै गुमाउनु परेको प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले बताए । शोक सभामा नगर प्रमुख नेत्रराज अधिकारीले राजनैतिक र सामाजिक कार्य सधै अग्र भागमा देखिने स्व. विष्टको आत्मले स्वर्गमा वास पाओस भनेर कामना गरे ।
नेकपा वडा नं. ५ वडाको कमिटिका अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा सम्पन्न शोक सभामा मृतक परिवारलाई वडा कमिटिको पहलमा नगद ७० हजार प्रदान गरिएको छ ।“रकम ठूलो होइन तर हाम्रो प्रयास हो , यस अभियानमा सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद दिन चहान्छौ” अध्यक्ष अधिकारीले भने । सानो सहयोगले मृतक परिवारमा थोरै भए पनि पार्टिको तर्फबाट राहत प्रदान गरेको उनले जनाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu