Connect with us
Kapilvast Forest

चूरे संरक्षणमा सरकारको उच्च प्राथमिकता

२०७६, १० श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं । सरकारले चूरे संरक्षणको कामलाई उच्च प्राथमिकता दिइएको दाबी गरेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले चूरे संरक्षणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताउनुभएको हो । ‘राष्ट्रपति चूरे संरक्षण कार्यक्रम’ को संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले आवश्यक नीतिगत, कानूनी र संरचना निर्माणको कामलाई पनि तीव्रता दिइएको ओलीको भनाइ छ ।

राष्ट्रिय योजना आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा समिक्षात्मक छलफलमा भाग लिँदै डा.ओलीले चूरे संरक्षणका लागि सरकारले वन ऐन र वातावरण ऐनलाई एकसाथ कार्यान्वयनमा लगेको र जलवायु परिवर्तनसम्बन्धि कानूनलाई पनि कार्यान्वयनमा लैजाने गरी मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिनुभयो । चूरे संरक्षणमा केही पनि काम नभएको भन्ने कुरा सत्य नभएको डा. ओलीकाे दाबी छ ।

कार्यक्रममा विज्ञहरुले राष्ट्रपति चूरे संरक्षण कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । त्रिभुवन विश्वविद्यालयका वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक सन्तोष रायमाझीले चूरे संरक्षणका लागि बजेटको समेत अभाव भएको भन्दै सरकारको आलोचना गर्नुभयो ।

प्राध्यापक रायमाझीले चूरे संरक्षणका लागि छुट्टै कानूनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu